तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'कारहरू समेत बोल्ने भएछन्': २७ वर्ष जेल बसेपछि निर्दोष ठहर, १० लाख डलर क्षतिपूर्ति
संयुक्त राज्य अमेरिकामा २७ वर्ष जेल परेर छुटेका एक व्यक्तिले बाहिर निस्किँदा प्रविधिमा भएको परिवर्तन देखेर आश्चर्य व्यक्त गरेका छन्।
म्यासचूसिट्स राज्यका माइकल सलिभान सन् १९८६ मा हत्याको आरोपमा पक्राउ परेका थिए। अर्को वर्ष उनलाई दोषी ठहर गर्दै जन्मकैद सुनाइयो। तर नयाँ डीएनए प्रविधिले उनी निर्दोष रहेको प्रमाणित गरेपछि उनी अन्ततः निर्दोष ठहर हुँदै जेलमुक्त भए।
यी ६५ वर्षे व्यक्तिले झन्डै तीन दशक जेलमा बिताए। उनले त्रुटिपूर्ण फैसला र निर्दोष भए पनि जेलमा बस्नुपरेकोमा क्षतिपूर्तिस्वरूप १० लाख डलर पाएका छन्।
अहिले उनी समय र प्रविधिका कारण फेरिएको संसारमा बस्न आफूलाई अनुकूल बनाउन खोज्दै छन्। हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।