तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रधानमन्त्रीको खातामा एक करोड ४६ लाख रुपैयाँ, मन्त्रीहरूको सम्पत्ति कति?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
आइतवार आफ्नो वेबसाइटमार्फत उक्त विवरण सार्वजनिक गरिएको हो।
"पहिले पनि मन्त्रिपरिषद्बाट निर्णय गराएर उक्त विवरण सार्वजनिक गर्ने चलन थियो। यसपटक पनि त्यसै गरिएको छ," प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले बीबीसी न्यूज नेपालीसँग भने।
उक्त कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका थिए।
हेर्नुस् कसको सम्पत्ति कति?
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को ब्याङ्क खातामा एक करोड ४६ लाख रुपैयाँ नगद मौज्दात छ। उनले फेसबुक, युट्युब, टिकटक, स्पटिफाई र आईट्युन्सलाई उक्त रकमको प्राप्तिको स्रोत भनेका छन्।
उनकी पत्नी सविना काफ्लेका नाममा १९० तोला गरगहना रहेको विवरणमा उल्लेख छ।
त्यस्तै काठ्माण्डू-९ मा पाँच आना, धनुषामा १.२ बिघा र महोत्तरीमा ९ बिघा पारिवारिक जग्गा रहेको प्रधानमन्त्रीले खुलाएका छन्।
उनले सम्पत्ति विवरणको फारममा आफूसँग फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र ट्विटरमा ५ लाख 'फलोवर्स' रहेका पनि उल्लेख गरेका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्ले
ललितपुर, धुलिखेल र बन्दीपुरमा अपार्टमेन्ट र घरहरू
सुन ४५ तोला
बचत १ करोड ९० लाख रुपैयाँ
ऋण ३ करोड ५५ लाख रुपैयाँ
परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाण्डूमा एउटा घर र तनहुँसहितका स्थानमा जग्गा
सुन २२ तोला
बचत करिब १० लाख रुपैयाँ
जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ
काठमाण्डूमा दुइटा घर
सुन १५ तोला
चाँदी ५० तोला
बचत करिब ६६ लाख रुपैयाँ
गृहमन्त्री सुधन गुरुङ
धनकुटा चितवन र गोरखामा जग्गा
सुन ८९ तोला, चाँदी ६ किलो
बचत करिब ६० लाख रुपैयाँ
४ करोड ३० लाख रुपैयाँ बराबरको शेअर
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल
बुटवलमा एउटा घर
सुन ३० तोला, चाँदी ५० तोला
बचत ९० लाख रुपैयाँ
कानुनमन्त्री सोबिता गौतम
काठमाण्डूमा एउटा घर
सुन १५ तोला, चाँदी ९ तोला, हिरा १ तोला
नगद करिब १० लाख रुपैयाँ
ऋण ७ लाख रुपैयाँ
महिला बालबालिकामन्त्री सीता बादी
काठमाण्डूमा एउटा घर
सुन १८ तोला, चाँदी १५ तोला
बचत १५ लाख रुपैयाँ
सङ्घीय मामिलामन्त्री प्रतिभा रावल
काठमाण्डूमा एउटा घडेरी
सुन २५ तोला
बचत करिब २४ लाख रुपैयाँ
ऋण २० लाख रुपैयाँ
स्वास्थ्य र खानेपानी मन्त्री निशा मेहता
काठमाण्डूमा एउटा घडेरी
सुन ३० तोला, चाँदी ५० तोला
बचत १७ लाख रुपैयाँ
शिक्षा र खेलकुदमन्त्री सस्मित पोखरेल
काठमाण्डूमा ४ र ५ करोड रुपैयाँ मूल्यका दुइटा घर
काठमाण्डू उपत्यका र मोरङका ५ स्थानमा ११ करोड रुपैयाँ मूल्यका जग्गा
सुन २५ तोला, चाँदी १०० तोला
बचत ४ लाख रुपैयाँ
१ करोड ७५ लाख रुपैयाँ मूल्य बराबरको शेअर
ऋण ७५ लाख रुपैयाँ
संस्कृति पर्यटनमन्त्री खडकराज पौडेल
पोखरामा २ करोड ६० लाख रुपैयाँमा खरिद गरेको घर
सुन ११ तोला, चाँदी ५ तोला
बचत २० लाख रुपैयाँ
१७ हजार कित्ता शेअर
ऋण १ करोड ३० लाख रुपैयाँ
सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमिल्सिना
काठमाण्डूमा एउटा घर र घडेरी
सुन ४ तोला, चाँदी १० तोला
बचत १० लाख रुपैयाँ
करिब ५० लाख रुपैयाँ ऋण लगानी
कृषि र वनमन्त्री गीता चौधरी
सुन ५ तोला, चाँदी १०० तोला
बचत १ लाख २५ हजार रुपैयाँ
शेअर २ लाख ५० हजार
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव
काठमाण्डूमा एउटा घर र तीन ठाउँमा जग्गा
सुन १८० तोला, चाँदी २ किलो
हिरा दुई सेट
बचत १० लाख रुपैयाँ
ऋण १ करोड ६१ लाख रुपैयाँ
३ करोड ३८ लाख रुपैयाँ मूल्य बराबरको शेअर
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव
सुन ८० तोला
चाँदी १५० तोला
नगद ७० लाख
अधिकांशले प्राप्तिको स्रोतमा व्यवसाय,रोजगारी, पैतृक सम्पत्ति र स्वआर्जन उल्लेख गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।