पोखरा नेपालको पर्यटन राजधानी घोषित भएपछि स्थानीय व्यवसायी उत्साहित
गण्डकी प्रदेशको राजधानी पोखरा नेपालको पर्यटन राजधानी घोषित भएपछि स्थानीय व्यवसायी उत्साहित देखिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतवार एक समारोहमा यस्तो घोषणा गरेका थिए।
पोखराका केही क्षेत्र अब चौबीसै घण्टा खुल्लेछन्। तर रेस्टुराँ, किराना तथा खाजा पसलहरू भने रातको एक बजेसम्म मात्र खुल्नेछन्।
प्राकृतिक सुन्दरता र साहसिक पर्यटनको केन्द्रमा रहेको पोखरामा आधुनिक बसपार्क निर्माण तथा तालमा क्रूज शिप, नगरभरि सटल बस सेवा सञ्चालनलगायतका योजना पनि अगाडि सारिएका छन्।
हेर्नुहोस् पोखराबाट सागर राज तिमिल्सिनाको सहयोगमा कमल परियारले तयार पारेको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



