'प्रहरीले केही भन्दिए अलिक सजिलो हुन्थ्यो': भदौ २४ देखि बेपत्ता युवकको खोजीमा गर्भवती पत्नी

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'प्रहरीले केही भन्दिए अलिक सजिलो हुन्थ्यो': भदौ २४ देखि बेपत्ता युवकको खोजीमा गर्भवती पत्नी

काठमाण्डूको चाबहिलमा डेरा गरी बस्ने २५ वर्षीय समीर श्रेष्ठ जेन जी आन्दोलन चर्किएको दिन भदौ २४ गतेदेखि सम्पर्कविहीन छन्।

उनकी गर्भवती पत्नीका अनुसार उनले समीरसँग साँझ ८ बजेतिर फोनमा कुराकानी गरेकी थिइन्। तर राति १० बजेपछि पूरै सम्पर्कविच्छेद भयो।

चुच्चेपाटीमा भाटभटेनी सुपरमार्केट भएको ठाउँनजिकै समीरलाई अन्तिम पटक देखिएको थियो।

समीरकी आमा र पत्नीले धेरै सोधखोज गरे। प्रहरी पनि गुहारे, अस्पताल पनि चहारे। तर उनको अत्तोपत्तो अझै लागेको छैन।

समीर श्रेष्ठ भाटभटेनीमा भएको आगजनीमा परे कि भन्ने आशङ्का परिवारले नगरेको होइन। तर साँझ ८ बजेसम्म बाहिर भएको मान्छे उक्त घटनामा पर्न सक्ने सम्भावना नभएको प्रहरीको तर्क छ।

भाटभटेनीमा फेला परेका अस्थिपञ्जरको परीक्षण गरी मृतकहरूको पहिचान गर्ने खोजिएको भए पनि सफलता प्राप्त नभएको अधिकारीहरूले बताएका छन्

हेर्नुहोस् कमल परियारको यो भिडिओ रिपोर्ट।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।