अमेरिकामा बौद्ध भिक्षुहरूको ३,२०० किमि लामो 'शान्ति पदयात्रा' पूरा
बौद्ध भिक्षुहरूको एउटा समूहले संयुक्त राज्य अमेरिकामा चार महिना लगाएर ३,२०० किलोमिटर लामो पदयात्रा सम्पन्न गरेको छ।
गत वर्ष अक्टोबर २६ मा टेक्ससबाट आरम्भ भएर वाशिङ्टन डीसीमा ज्यानुअरी १० मा टुङ्गिएको उक्त पदयात्रामा १९ भिक्षु सहभागी थिए। त्यसलाई 'वाक फर पीस' अर्थात् 'शान्ति पदयात्रा' भनिएको थियो।
बाटोमा भिक्षुहरू कहिलेकाहीँ खाली खुट्टा हिँडे भने कहिलेकाहीँ हिउँ परेको भए पनि उनीहरूले यात्रा परित्याग गरेनन्
अमेरिकामा राजनीतिक विभाजन उत्कर्षमा पुगेका बेला आयोजित उक्त पदयात्राले लाखौँ अमेरिकीहरूको ध्यानाकर्षण गर्यो।
विश्वभरि रहेका विभिन्न थेरवादी बौद्ध मन्दिरबाट आएका भिक्षुहरूले १०८ दिन हिँडेर अमेरिका र विश्वभरि शान्ति, दयाभाव र करुणा फैलाउनुपर्ने सन्देश दिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



