पाँच प्रसिद्ध व्यक्ति जो भकभकाउने समस्या मुक्त भए

अमेरिकी राष्ट्रपति जो बाइडन

अमेरिकी राष्ट्रपतिहरूका निम्ति स्टेट अफ द युनियन भाषण निकै चुनौतीपूर्ण मानिन्छ किनकि सामान्यतया उनीहरूबाट त्यहाँ शक्तिशाली सम्बोधनको अपेक्षा गरिन्छ।

तर उक्त काम जो बाइडनका निम्ति झन् जटिल छ।

भकभकाउने समस्या सामना गर्दै प्रसिद्धिको बाटो हिँडेका सार्वजनिक व्यक्तित्वहरूमध्ये उनी एक प्रख्यात उदाहरण हुन्।

बोलाइमा देखिने उक्त समस्या असामान्य होइन, भकभकाउने समस्यासँग सम्बन्धित सङ्गठनहरूले विश्वभरि आठ करोड मानिसहरू वा हामी १०० जनामध्ये एक जनामा उक्त समस्या रहेको आकलन गरेका छन्।

त्योभन्दा ठूलो अनुपात बालबालिकामा रहेको भनिन्छ। २० जनामध्ये एक जनामा भकभकाउने समस्या छ भनिन्छ जसलाई अमेरिकी अङ्ग्रेजीमा रोकिएर बोल्ने समस्याको अर्थमा बुझिन्छ।

ती आँकडाहरूले प्रख्यात व्यक्ति भकभकाएको देख्नु आश्चर्य मान्नुपर्ने विषय नभएको औँल्याउँछन्।

तर वास्तविकतामा नाम चलेका व्यक्तिहरू सार्वजनिक सम्बोधनमा त्यसरी प्रकट भएको बिरलै पाइन्छ।

बाइडनको कडा परिश्रम

उदाहरणको रूपमा बाइडन अड्किएर बोल्ने समस्या भएका ह्वाइट हाउस पुग्ने पहिलो व्यक्तिको रूपमा सूचीकृत छन्।

यद्यपि १८ औँ र १९ औँ शताब्दीका उनका पूर्ववर्तीहरू थोमस जेफरसन र अब्राहम लिङ्कनमा पनि उस्तै समस्या रहेको विभिन्न विवरणहरूमा पाइन्छ।

 ब्रेयडेन हेरिङ्टन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२० को राष्ट्रपतीय चुनावको अभियानमा भकभकाउने समस्या रहेका किशोर ब्रेयडेन ह्यारिङटन बाइडनसँग जोडिएका थिए

वर्तमान राष्ट्रपतिले सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध तीव्र चुनावी ध्रुवीकरण चलिरहेका बेला पनि आफ्नो अवस्था लुकाएनन्।

वास्तवमा बाइडनले १३ वर्षीय किशोर भकभकाउने ब्रेयडेन हेरिङटनलाई विश्वास गरे, जसले पार्टी सम्मेलनमा तत्कालीन डेमोक्र्याट उम्मेदवारको समर्थनमा गरेको भाषणको निकै प्रशंसा भएको थियो।

"एक खालको कमजोरीका रूपमा रहेको भकभकाउने समस्याबारे अझै मानिसहरू हाँस्छन्, त्यसो गर्दा मानिसहरू अपमानित हुन्छन्," त्यही वर्ष बाइडनले भनेका थिए।

अमेरिकी राष्ट्रपतिले आफ्नो भकभकाउने समस्या बेलाबखत उजागर हुने भएकाले त्यसलाई नियन्त्रणमा राख्न उच्च दबावपूर्ण अवस्थामा अझ कडा परिश्रम गर्छन् भन्ने स्वीकार गरेका छन्।

हालसालै न्यू योर्क टाइम्सको एउटा लेखले बाइडनको सार्वजनिक सम्बोधनको नियमित तयारीबारे विस्तृत उल्लेख गरेको छ। जसमा शब्द उच्चारणलाई निर्देश गर्न सहयोगी होस् भन्नका निम्ति नोट गर्ने बानीबारे पनि चर्चा छ।

भकभकाउने समस्या भएका अन्य प्रख्यात व्यक्तिहरूले व्यवहारिक अभ्यासहरू कमै अपनाएका छन्।

अपशब्दबाट 'उपचार'

हलिवूड अभिनेता स्यामुअल एल ज्याक्सन आफ्नो कैयौँ भूमिकाका निम्ति उत्ति नै प्रख्यात छन् जति आफ्ना फिल्ममा उनले एउटै अपशब्द पटक पटक बोलेका छन्।

जस्तो कि एउटै फिल्ममा उनले ४० पटकसम्म एउटा अपशब्द बोलेको रेकर्ड छ।

Samuel L Jackson smiling in 2020

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्यामुअल एस ज्याक्सनको अभियनसँग जोडिएका अपशब्द पनि उनको भकभकाउने बानीको सामना गर्ने बलियो तरिका हो

ज्याक्सनका निम्ति दुर्वचन बोल्नु अभिव्यक्तिमा रहेको आफ्नो दुर्बलतासँग जुध्ने संयन्त्रको एउटा पाटो भएको खुलेको छ।

"म बच्चा हुँदा लामो समय भकभकाएँ र उक्त अपशब्दले मलाई त्यो रोक्न सहयोग गर्‍यो। त्यसले मलाई ध्यान केन्द्रित गर्न र आफूमाथिको दबाव हटाउन सहयोग गर्‍यो," उनले सन् २०१९ मा भ्यानिटी फेयर म्यागजिनलाई भनेका थिए।

"मलाई किन भन्ने थाहा छैन तर त्यो उच्चारण गर्न सजिलो छ। त्यो शब्दले मलाई अझै सहयोग गर्छ," उनको भनाइ थियो।

ज्याक्सनले आफ्नो दिनचर्याको एउटा पक्षको रूपमा श्वासप्रश्वासको अभ्यासको पनि सहारा लिन्छन्।

गल्फका दिग्गज टाइगर वूडसको दृष्टिकोण कम विवादास्पद थियो: ती अमेरिकी खेलाडीले कुकुरसँग कुरा गर्दै सार्वजनिक सम्बोधनको अभ्यास गर्थे।

"म मेरो कुकुरसँग कुरा गर्छु, उ त्यहाँ बसेर सुन्छ र निदाउँछ," वूडसले सन् २००६ मा अमेरिकी टेलिभिजन नेटवर्क सीबीएससँगको अन्तर्वार्तामा भनेका थिए, "अनि मैले नअड्किएर कसरी बोल्ने भन्ने सिकेँ।"

पुरुष बढी प्रभावित

एउटा अमेरिकी गैरसरकारी संस्था न्याशनल स्टटरिङ एसोसियशनका अनुसार महिलाहरूभन्दा पुरुषहरूमा त्यस्तो समस्या धेरै छ।

त्यो पनि विशेषगरी बालकहरूमा। स्वास्थ्य विज्ञहरू अझै पनि त्यो लैङ्गिक असन्तुलन किन छ भन्नेबारे निश्चित भन्न सक्ने अवस्थामा छैनन्।

Emily Blunt speaking at an event

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एमिली ब्लन्टको निम्ति लबजमा आएको परिवर्तनले धेरै फेरबदल ल्याइदियो

आफ्नो अप्ठेरोबारे सार्वजनिक रूपमा बोलेकी प्रख्यात महिला सेलेब्रिटी हुन् ब्रिटिश अभिनेत्री एमिली ब्लन्ट।

सन् २०२० मा एउटा फ्याशन म्यागेजिनलाई दिएको अन्तर्वार्तामा उनले उक्त विषयबारे छलफल गरेकी छन्।

जसमा उनले आफू लन्डनमा हुर्किँदा भकभकाउने 'दुर्बलता' विकास भएको खुलाएकी छन्।

ब्लन्टले त्यसबेला मुस्किलले कुराकानी गर्न सक्ने र वाक प्रशिक्षकको सहयोगमा पनि प्रगति नभएको कुरा स्मरण गरेकी छन्।

स्कूलमा नाटक प्रशिक्षकको सुझावमा उनले विभिन्न लवजमा बोल्न तत्पर भएपछि त्यसले उनको भकभकाउने बानी हरायो।

"आफूबाट आफूलाई हटाउँदा म मुक्त भएजस्ती भएँ। मैले उत्तरतिरको लवज निकै खराब स्वरूपमा गरेँ तर त्यसले मलाई म त्यो समस्याको सामना गर्न सक्छु भन्ने महसुस गरायो," ब्लन्टले आफूले विदेशी भाषा बोल्दा कहिल्यै नभकभकाएको कुरा त्यसबेला ख्याल गरेको सुनाइन्।

एड शीरन Ed Sheeran (बायाँ) and एमिनेम Eminem

तस्बिर स्रोत, Getty Images

अन्तिम तर महत्त्वपूर्ण, एड शीरनको कथा।

गायक तथा गीतकार आफ्नो गितारका साथ हिम्मतपूर्वक स्टेजमा जाने गर्नाले प्रसिद्ध भए। आत्मविश्वासका साथ मञ्चमा जानु कैयौँ नभकभकाउने मानिसहरूका निम्ति समेत निकै कठिन कुरा हो।

तर शीरनले सङ्गीतलाई प्रयोग गर्ने निश्चित गरिसकेका थिए - खासमा एमिनेमको र्‍यापलाई स्थिर मन र अभिव्यक्ति सिक्न प्रयोग गर्ने सुनिश्चित उनले गरिसकेका थिए।

"मेरो बुवाले म नौ वर्षको छँदा उनको एउटा एल्बम किनेर ल्याइदिनुभएको थियो," उनले सन् २०१५ मा अमेरिकन इन्स्टिट्यूट अफ स्टटरिङमा गरेको एउटा सम्बोधनमा भनेका थिए।

"मैले त्यसका प्रत्येक शब्द सिकेँ, एमिनेमको र्‍याप निकै छिटो, माधुर्यपूर्ण र जोडदार थिए। त्यसले मलाई भकभके बानीबाट छुटकारा पाउन सहयोग गर्‍यो।"