तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युद्ध सुरु भएयता मस्कोमा 'सबैभन्दा ठूलो ड्रोन आक्रमण'
राजधानी मस्को तथा वरिपरिका क्षेत्रमा युक्रेनले सोमवार राति "ठूलो" ड्रोन आक्रमण गरेको आरोप रुसले लगाएको छ।
युक्रेन र अमेरिकाका अधिकारीहरूबीच सम्भावित शान्तिवार्ताका विषयमा मङ्गलवार भेटघाट तय भएकामा त्यसको अघिल्लो राति यो घटना भएको हो।
रुसी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा दुईको मृत्यु भएको छ भने अरू केही मानिस घाइते भएका छन्।
यसलाई युक्रेन र रुसबीच युद्ध सुरु भएयता रुसको राजधानी र नजिकका क्षेत्रमा भएको सबैभन्दा ठूलो ड्रोन आक्रमण मानिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।