तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के गैँडा तस्कर सलबलाएका हुन्?
केही दिनअघि मात्र चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा दुई वटा गैँडा मारिएपछि गैँडा तस्करहरू सलबलाएको सम्बद्ध विज्ञले आशङ्का व्यक्त गरेका छन्।
नेपाली सेना सहितको सुरक्षा टोली खटिने निकुञ्ज भित्रै तस्करले एकसिङ्गे गैँडालाई धरापमा पारेर मार्न थालेपछि सुरक्षा संयन्त्रमाथि प्रश्न उठेको विज्ञ बताउँछन्।
नेपालले केही वर्ष लगातार शून्य चोरी शिकार वर्ष मनाएको थियो।
तर त्यसअघि पनि तस्करले खागका लागि गोली हानेर, करेन्ट लगाएर तथा खाल्डोमा पारेर गैँडा मार्दै आएका थिए।
खाग काटिएको अवस्थामा फेला परेका गैँडाको मृत्युबारेमा अनुसन्धान गर्न सरकारले छानबिन समिति समेत गठन गरेको छ।
विगत नौ वर्षको अवधिमा २३४ गैँडा मरेको निकुञ्जको तथ्याङ्क छ भने सन् ०२१ मा गणना गर्दा नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या ७५२ रहेको थियो।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।