तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किन गाउँ फर्किन्छन् पुष्पा र अञ्जली?
पुष्पा र अञ्जली नामका दुर्लभ एक सिङे गैँडाका टुहुरा बच्चालाई उनीहरूको प्राकृतिक वासस्थानमा छाडिए पनि गाउँमै फर्कने गरेका छन्।
माउबाट छुट्टिएको अवस्थामा फेला परेका ती गैँडाहरूलाई चितवन राष्ट्रिय निकुञ्जमा औषधोपचार र स्याहारसुसार हुँदै आएको थियो।
मानिसकै साथमा हुर्केका पुष्पा र अञ्जली वयस्क हुन थालेपछि गत जेठ महिनामा निकुञ्ज मुख्यालय कसरा नजिकको लामितालमा लगेर छाडिएको थियो।
तर उनीहरू नदी तरेर निकुञ्ज नजिकका गाउँमा फर्किएकापछि त्यस ठाउँका गाउँलेहरू खेती बाली नष्ट हुने र आक्रमणमा समेत पर्न सकिनेमा चिन्तित छन्।
हेर्नुहोस् कमल परियार र ईश्वर जोशीले बनाएको यो भिडिओ स्टोरी।