टाइटानिकको भग्नावशेष भएको समुद्र किन खतरनाक
टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ गइरहेको 'टाइटन' नामक पनडुब्बी हराएपछि त्यस्तो यात्रामा हुने सम्भावित खतराबारे चासो र चर्चा भएको देखियो।
अमेरिकी तटरक्षकहरूले टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएको पनडुब्बीमा "अन्तःस्फोटन" भएको बताएका छन्। त्यसमा सवार पाँचै जनाको मृत्यु भएको बिहीवार पुष्टि भएको छ। उक्त दुर्घटनाको कारण थाहा भइसकेको छैन।
टाइटन पनडुब्बीको भग्नावशेष समुद्रको पीँधमा फेला परेको छ। त्यो स्थान टाइटानिकको भग्नावशेष भएको ठाउँबाट ४८० मिटर पर छ।
समुद्धको पीँधमा रहेको उक्त क्षेत्रमा कस्ताकस्ता जोखिमहरू छन् अनि त्यो जलक्षेत्रलाई किन खतरनाक मानिन्छ?
बीबीसीले टाइटानिक पानीजहाजको भग्नावशेष रहेको जलक्षेत्रमा विद्यमान खतरालाई यो भिडिओमा औँल्याएको छ। हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

तस्बिर स्रोत, Science Photo Library









