तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजरेलले गरेको हमलामा इरानका को को मारिए, कहाँ कहाँ हमला भए?
'अपरेशन राइजिङ लाइअन' नाम दिइएको र इरानको परमाणु कार्यक्रमलाई निस्तेज बनाउने उद्देश्य बोकेको भनेर इजरेलले दाबी गरेको सैन्य कारबाहीमा इरानी सेनाका वरिष्ठ अधिकारीहरू र परमाणु वैज्ञानिकहरू मारिएका छन्।
इरानी सरकारी सञ्चार माध्यमले मारिएका पुष्टि गरेका नामहरू यस्ता छन्:
होसेन सलामीः इस्लामिक रिभोलुशनरी गार्डस्का कमाण्डर इन चीफ
घोलामली रशिदः खतम-अल अन्बिया केन्द्रिय मुख्यालयका कमाण्डर
फेरेडुन अब्बासीः परमाणु वैज्ञानिक तथा इरानको परमाणु उर्जा संगठनका भूतपूर्व प्रमुख
मोहम्मद महदी तेहरानचीः इरानको परमाणु अस्त्र कार्यक्रममा संलग्न अर्का परमाणु वैज्ञानिक
मोहम्मद बघेरीः इरानको सशस्त्र सेनाको चीफ अफ स्टाफ
इरानी विवरणहरूका अनुसार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका वरिष्ठ सल्लाहकार अली शामखानी गम्भीर घाइते भएका छन्।
हालसम्म कहाँ कहाँ हमला भएको छ?
राफी बेर्ग ,
डिजिटल मध्यपूर्व सम्पादक
इजरेलले गरेको हमलाबाट को को र कहाँ कहाँ प्रभाव परेको छ भन्ने विवरणहरू आउने क्रम जारी नै रहेको छ तर हालसम्म प्राप्त विवरणहरूका अनुसार पछिल्लो जानकारी यस्तो छः
इजरेली सेनाले उसले "इरानका विभिन्न स्थानमा रहेका परमाणु ठेगानाहरूका साथै दर्जनौँ सैनिक निसानाहरूमा आक्रमण गरेको" जनाएको छ।
हमलामा परेका स्थानहरूमा देशको मध्यभागमा अवस्थित नटान्जमा रहेको इरानको मूख्य युरेनियम प्रशोधन केन्द्र पनि छ। इरानी सरकारी टिभीले भनेको छ उक्त स्थानमा धेरै पटक हमला भएको थियो र त्यहाँबाट कालो धुवाँ निस्किरहेको तस्बिरहरूमा देख्न सकिन्छ।
नटान्जमा हजारौँ उच्चस्तरिय सेन्ट्रीफ्यूज मशिनहरू सञ्चालनमा रहने गर्छन्। त्यस्तो उपकरणको प्रयोग युरेनियम ग्यासलाई शुद्धिकरण गर्नमा हुने गर्दछ।
ती यन्त्रहरू सुरक्षाका लागि दर्जनौँ मिटर जमिनमुनि अवस्थित छन्।
इजरेलको हमला त्यहाँ कति गहिराईसम्म पुग्न सक्यो भन्ने अहिले स्पष्ट भएको छैन।
न्यूयोर्क टाइम्स पत्रिकाले वरिष्ठ इरानी अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार तेहरान वरपर रहेका कम्तीमा ६ वटा सैनिक आधार कार्यालय र सैन्य कमान्डरहरूका घरहरूका साथै अन्य कैयौँ आवासीय भवनहरूमा आक्रमण भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।