पक्षाघात भएका युवा 'ब्रेन चिप'को सहयोगमा चेस खेल्न थाले

भिडिओ क्याप्शन सुरु हुँदैछ,
पक्षाघात भएका युवा 'ब्रेन चिप'को सहयोगमा चेस खेल्न थाले

गत ज्यानुअरी महिनामा इलोन मस्कको न्यूरालिङ्क कम्पनीले काँधमुनि पक्षाघात भएका नोलन अर्बाँको मस्तिष्कमा 'ब्रेन चिप' राखिएको बताएको थियो।

त्यसको दुई महिनामा ती युवकले उक्त ब्रेन चिपको सहयोगमा कम्प्युटर स्क्रीनमा चेस खेलेको भिडिओ सार्वजनिक भएको छ।

झन्डै आठ वर्षअघि अर्बाँ एउटा दुर्घटनामा पर्दा उनका हात र खुट्टा नचल्ने भएका थिए। तर अहिले ब्रेन चिपको सहायतामा आफूले कम्प्युटरमा कर्सरको चाल नियन्त्रण गर्न सकेको र त्यसका आधारमा चेस खेलेको उनी बताउँछन्।

अनि यो पनि

मस्ककै स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा भिडिओ प्रत्यक्ष प्रसारण गर्दै उनले अनलाइन चेस खेलेको देखाइएको हो।

चिपको सहयोगमा चेस खेल्न सकेकोमा अर्बाँले खुसी व्यक्त गरेका छन्।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।