महाकाली नाच: सातपुस्ते बिँडो थाम्न अग्रसर २० वर्षे प्रनिश

भिडिओ क्याप्शन सुरु हुँदैछ,
महाकाली नाच: सातपुस्ते बिँडो थाम्न अग्रसर २० वर्षे प्रनिश

विभिन्न कारणले पटक पटक रोकिएको एउटा मल्लकालीन नाच युवाहरूको सक्रियताले यस पटक झन्डै छ वर्षपछि नाचिएको छ।

मध्यपुर ठिमीको नगदेशमा नाचिने उक्त प्राचीन ‘महाकाली नाच’ आर्थिक अभाव, कलाकारको अभाव लगायतका कारणले रोकिँदै आएको थियो।

आफ्ना पिता पुर्खाले सात पुस्तादेखि नाच्दै आएको उक्त परम्पराको बिँडो थाम्न अग्रसर हुन पाउँदा स्थानीय २० वर्षीय प्रनिश ज्यापू खुसी छन्।

यस नाचमा झन्डै डेढ दर्जन युवा कलाकार विभिन्न बाजाको २१ वटा तालमा नाच्दै नगदेश परिक्रमा गर्छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।