माक्रोँले जब सम्मेलनका सहभागीहरूलाई हल्ला नगर्न आग्रह गरे

भिडिओ क्याप्शन सुरु हुँदैछ,
माक्रोँले जब सम्मेलनका सहभागीहरूलाई हल्ला नगर्न आग्रह गरे

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले केन्याको नाइरोबीमा आयोजित एउटा सम्मेलनमा सहभागीहरूलाई हल्ला नगर्न आग्रह गरेका छन्।

सम्मेलनस्थलमा सहभागीहरूको चर्को स्वरमा कुरा गर्न थालेपछि माक्रोँले वक्ताहरूले भनेको कुरा सुन्न नसकिएको भन्दै त्यसो गर्नु "सम्मानहीनता" भएको टिप्पणी गरे।

माक्रोँ 'अफ्रिका फर्वर्ड समिट'मा सहभागी हुन केन्याको भ्रमणमा छन्।

उक्त सम्मेलनमा २० वटाभन्दा बढी अफ्रिकी देशका नेताहरू, व्यापारिक क्षेत्रका कार्यकारी प्रमुखहरू र युवा उद्यमीहरू सहभागी छन्। फ्रान्सले अफ्रिकी महादेशसँग आफ्नो सम्बन्ध सुदृढ बनाउन खोजेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।