जिब्रो छेड्ने जात्रा: 'परम्परा जोगाउन' जसले आठ देखि बाह्र पटकसम्म जिब्रो छेडे

भिडिओ क्याप्शन सुरु हुँदैछ, जिब्रो छेड्ने जात्रा: परम्परा जोगाउन जसले आठ देखि बाह्र पटकसम्म जिब्रो छेडे

नेपाली नयाँ वर्षको दोस्रो दिन भक्तपुरको बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा पटक पटक जिब्रो छेडेका व्यक्तिहरू र पहिलो पटक छेड्न लागेका व्यक्तिले रोचक कुराकानी सुनाएका छन्।

जिब्रो छेड्नुअघि उपवास बस्ने र जिब्रो छेडेपछि नगर परिक्रमा गरेर सियो ननिकालेसम्म पानीसमेत खान नपाइने प्रचलन छ।

१२ पटक जिब्रो छेडेका कृष्णचन्द्र बाग: श्रेष्ठ, ९ पटक छेडेका बुद्धकृष्ण बाग: श्रेष्ठ र ८ पटक जिब्रो छेडेका जुजुभाइ बास: श्रेष्ठले जिब्रो छेड्दा अत्यन्त दुख्ने भए पनि परम्परा जोगाउन आफूहरू अग्रसर भएको बताएका छन्।

नयाँ वर्ष २०८०मा बुद्धकृष्ण बाग: श्रेष्ठका कान्छा छोरा सुजन बाग: श्रेष्ठले जिब्रो छेड्दै छन्।

परापूर्व कालमा एउटा राक्षसले निकै दुःख दिएको र त्यसलाई जनताले मिलेर लखेटेको सङ्केतको रूपमा जिब्रो छेड्ने जात्रा मनाइने गरेको भनाइ छ।

तर पछिल्ला वर्षहरूमा जिब्रो छेडाउन अग्रसर हुने व्यक्ति र आर्थिक अभावका कारण यो जात्रा सङ्कटमा पर्दै गएको बताइन्छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ स्टोरी।

अनि यो पनि