तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उनी जन्म दिने आमाबुवा खोज्दै थिइन्, बुवा फेसबुकमा साथी रहेछन्
सन् २०१६ मा आमाको मृत्यु भएपछि घर सफा गर्ने क्रममा जोर्जाकी तमुन मुसरिज्देले आफ्नो जन्मदर्ताको प्रमाणपत्र भेटिन्। त्यसमा उनको जन्ममिति अर्कै थियो। त्यो देखेर उनी छक्क परिन्।
उनलाई आफू धर्मपुत्री रहेछु कि भन्ने शङ्का लाग्न थाल्यो। आफूलाई जन्म दिने मातापिताको खोजीका क्रममा उनले जोर्जामा हुने गरेको शिशुहरूको तस्करीबारे थाहा पाइन्। शिशु तस्करीका कारण हजारौँ मानिस प्रभावित भएका थिए।
शिशु तस्करीका कारण छुट्टिएका सयौँ मानिसलाई उनले तिनका जन्म दिने मातापितासँग पुनर्मिलन गराउन सघाएकी थिइन्। उनी आफ्ना मातापिताको खोजीमा थिइन्। तर उनका बुवा र उनी फेसबुकमा साथी रहेछन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।