'प्यारातेक्वान्दो क्‌वीन’ बनेकी पलेशा गोवर्धन भन्छिन्, 'पुरस्कार रकम पढाइमा खर्चन्छु'

'प्यारातेक्वान्दो क्‌वीन’ बनेकी पलेशा गोवर्धन भन्छिन्, 'पुरस्कार रकम पढाइमा खर्चन्छु'

प्यारालिम्पिक्समा कांस्यपदक जितेकी पलेशा गोवर्धनले आफूले प्राप्त गर्ने पुरस्कार अध्ययनमा खर्च गर्ने बताएकी छन्।

एक्काइस वर्षीय पलेशा हाल चीनमा आर्किटेक्चर अध्ययन गरिरहेकी छिन्।

नेपालको छ दशक लामो ओलिम्पिक्स इतिहासमा पहिलो पटक पदक हासिल गरेकी पलेशालाई सरकारले कर नकटाई रु ६५ लाख दिने प्रतिबद्धता व्यक्त गरेको छ।

त्यसका अतिरिक्त विभिन्न निकायले समेत उनलाई पुरस्कार दिने घोषणा गरेका छन्।

काठमाण्डूको बागबजारमा जन्मेकी उनले आमाबुवाकै कारण आफू खेलाडी बनेको बताउँदै सफलताको श्रेय परिवारलाई दिन्छिन्।

सरकारले खेल र खेलाडीमा लगानी गर्ने हो भने नेपालले धेरै सफलता हासिल गर्न सक्ने उनको सुझाव छ।

पलेशा नेपाल फर्किएपछि उनी र उनका आमाबुवासँग कुरा गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।