तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजरेली प्रहरीले बन्धक छुटाउन गाजास्थित एउटा घरमा गरेको कारबाहीको भिडिओ
इजरेली प्रहरीले गाजास्थित एउटा घरमा हमासले बन्धक बनाएर राखेका इजरेलीहरूको उद्धार गर्न छापा मारिएको दृश्य भन्दै एउटा भिडिओ सार्वजनिक गरेको छ।
इजरेली फौजले शनिवार गरेको उक्त कारबाहीमा चार बन्धकलाई मुक्त गरेको थियो। तर सो क्रममा कैयौँ प्यालेस्टिनीहरूको मृत्यु भएको बताइएको छ।
सोमवार सार्वजनिक गरिएको भिडिओमा गोली चलेको सुनिन्छ र प्रहरीको विशेष टोलीले बन्धकहरूसँग उनीहरूको परिचय सोधेको सुनिन्छ।
समाचारसंस्था रोएटर्सले भिडिओ शेअर गरेको छ। तर यो कहाँ र कहिले खिचिएको हो त्यो पुष्टि गर्न नसकिएको जनाएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।