तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मुर्रा अरू राँगाभन्दा कसरी फरक?
भारतबाट नेपाल भित्र्याइएका १५ वटा मुर्रा जातका राँगालाई पोखरा, लाहान र बाँकेका तीनवटा ठाउँमा राखिने पशु सेवा विभागले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिल्लीले उपहार स्वरूप दिने भनिएका ‘मुर्रा’ राँगा करिब पाँच महिनापछि ७ मङ्गिसरमा नेपालमा ल्याइएको हो।
भारतीय मुर्रा राँगाहरूबाट तीन वर्षपश्चात् वार्षिक डेढ लाख मात्रा वीर्य सङ्कलन गरी कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराउने सरकारी योजना छ।
मुर्रा भैँसीको दूधमा '६ देखि ८ प्रतिशत फ्याट (चिल्लो पदार्थ) र ८ प्रतिशतभन्दा बढी एसएनएफ (सोलिड्स-नट-फ्याट) अर्थात् चिल्लो तत्त्वबाहेकको ठोस पदार्थ पाइने' अधिकारीहरू बताउँछन्।
अरू राँगाभन्दा मुर्रा कसरी फरक?
भिडिओ: विमला चौधरी
सम्पादन: विजय गजमेर
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।