'हमासले बन्धक बनाएका पति जीवित छन् कि छैनन् भन्ने थाहा नहुँदा पीडा हुन्छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'हमासले बन्धक बनाएका पति जीवित छन् कि छैनन् भन्ने थाहा नहुँदा पीडा हुन्छ'

गत वर्ष अक्टोबर ७ का दिन हमासका सशस्त्र लडाकुहरूले इजरेलमा अप्रत्याशित हमला गर्दा १,२०० जनाको मृत्यु भयो। उनीहरूले त्यहाँबाट सयौँ मानिसलाई बन्धक बनाएर गाजातिर लगे।

त्यस दिन लडाकुहरूले बाट्शेभाको घरमा प्रवेश गरेर उनका कैयौँ छिमेकी र इष्टमित्रको हत्या गरिदिए। उनीहरूले उनका पति ओहाद र उनीहरूका १२ वर्षे छोरा एटानसहित केही मानिसलाई बन्धक बनाएका थिए। बाट्शेभा भने भाग्न सकिन्।

उनका छोरा पछि मुक्त भए पनि पति ओहादको अवस्था भने अझै अज्ञात छ। उनी पतिबिना जीवन अघि बढाउन कठिन भएको र उनी जीवित भए नभएको थाहा नहुनु निकै पीडादायक भएको बताउँछिन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।