अमेरिकामा 'उड्ने कार'को नमुना परीक्षण, उपभोक्तासम्म पुग्न अझै एक वर्ष लाग्ने
संयुक्त राज्य अमेरिकाको एक कम्पनीले 'उड्ने कार'को प्रारम्भिक नमुनाले उडान गरेको दृश्य सार्वजनिक गरेको छ।
अलेफ एरनोटिक्सको उक्त कारले जमिनबाट 'टेकअफ' गरेपछि जमिनमा रहेको एसयूभीभन्दा माथि आकाशमा उडिरहेको देखिन्छ।
अमेरिकामा अन्य केही कम्पनीहरू पनि यस्तो कारको उत्पादनका लागि प्रयासरत छन्।
अलेफका प्रमुख कार्यकारी अधिकृत जिम डुखोभ्नीका अनुसार कम्पनीले आगामी एक वर्षमा उपभोक्ताहरूलाई यस्तो कार बेच्ने लक्ष्य राखेको छ।
उनका अनुसार यस्तो कारका लागि कम्पनीले हजारौँ 'प्रिअर्डर' लिइसकेको छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



