क्यानडाविरुद्ध शतक बनाएर नेपाललाई जित दिलाउने खेलाडी के भन्छन्?
लगातार दुई जितपछि क्यानडाविरुद्ध एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा पनि सोमवार पाहुना टोलीलाई काठमाण्डूको कीर्तिपुर मैदानमा हराउँदा नायक बने अनिल साह तथा भीम सार्की।
ओपनर अनिल साहले गजबको प्रदर्शन गरेर 'प्लेयर अफ दि म्याच' हात पारे।
कुशल भुर्तेल आउट भएपछि तेस्रो खेलाडीका रूपमा मैदानमा आएका भीम सार्कीले पनि साहसँग मिलेर स्कोरबोर्डमा तीव्र गतिमा रन बढाए।
साहले दुई छक्का र १२ चौकासहित अविजित ११२ रन बनाए भने सार्कीले एक छक्का र ११ चौकासहित अविजित १०१ रन बनाए।
खेलको भोलिपल्ट दुवै खेलाडीसँग एकसाथ कुराकानी गरेर कमल परियार र निरञ्जन राजवंशीले बनाएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



