गगन थापालाई प्रश्न: के कांग्रेसी नेता अरू दलका भन्दा बढी भ्रष्ट हुन्?

गगन थापालाई प्रश्न: के कांग्रेसी नेता अरू दलका भन्दा बढी भ्रष्ट हुन्?

नेपालमा हाल नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्डमाथि अनुसन्धान चलिरहेको छ।

नेतादेखि कर्मचारीसम्म, विदेशीदेखि व्यवसायीसम्म गिरफ्तार भएका छन्।

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले “हाम्रा स्मृतिमा रहेका सबै फाइल खोलौँ ” भनेका छन्।

थापाले सङ्केत गरेका भ्रष्टाचारका काण्ड के के हुन्?

भ्रष्टाचार नियन्त्रण गर्ने उपाय के हुन्?

के कांग्रेसका नेताहरू अरू पार्टीका नेता भन्दा बढी भ्रष्ट हुन्?

बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले गरेका सवाल र गगन थापाको जबाफ यो भिडिओ अन्तर्वार्तामा।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।