जालीमा फसेको बच्चा डल्फिनको उद्धार, 'चलाख' माउले नजिकैबाट हेरी

जालीमा फसेको बच्चा डल्फिनको उद्धार, 'चलाख' माउले नजिकैबाट हेरी

अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रनजिकै समुद्रमा माछा समात्न फिँजाइएको जालीमा फसेको डल्फिनको उद्धार गरिएको छ।

केही साताअघि न्यू साउथ वेल्स राज्यको फोर्स्टरनजिकै स्थानीयवासीहरूले माउ डल्फिन र उसको बच्चालाई जाली भएको ठाउँमा फसेको देखेका थिए। त्यसबारे सूचना पाएपछि सी वर्ल्ड फाउन्डेशनको एउटा टोलीले बच्चा डल्फिनलाई समातेर उसको शरीरबाट जाली निकालिदिए।

बच्चाको उद्धार गरेको दृश्य माउले नजिकै बसेर हेरी।

त्यो सानो जीवको शरीरमा चोट लागेको छ। तर उद्धारकार्यमा संलग्न पशुचिकित्सक डा क्लेअर म्याडन उक्त डल्फिन निको हुने ठान्छिन्।

नेपालमा चार दर्जन डल्फिन

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।