तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'पूर्णबहादुरको सारङ्गी'मा 'सफल' भएका विजय बराल भन्छन्, 'अब छानेर मात्र फिल्म खेल्छु'
हालसम्म सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र मानिएको 'पूर्णबहादुरको सारङ्गी'का शीर्ष कलाकार विजय बरालले आगामी दिनमा आफूले खेल्ने चलचित्र छनोटमा निकै चनाखो बन्ने बीबीसीसँगको कुराकानीमा बताएका छन्।
'पूर्णबहादुरको सारङ्गी' सफल भएपछि त्यस्तै प्रकारका चलचित्रको बाढी आउने प्रसङ्गमा उनले भने, 'मलाई दुईचार वटा यस्तै चलचित्रमा काम गर्ने अफर आइसकेको छ। तर त्यस्तो प्रवृत्तिबाट जोगिन मैले स्क्रिप्ट माग्ने गरेको छु। मैले हालसम्म नगरेको चरित्र वा कथा आए मात्र खेल्छु।'
हाल बरालको फेरिएको परिचय, चलचित्रलाई लागेको बौद्धिक चोरीको आरोप, प्राप्त पछिल्ला प्रतिक्रिया साथै उनको व्यावसायिक जीवनबारे बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्।
अन्तर्वार्ता : कमल परियार
भिडिओ : विजय गजमेर
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।