'सगरमाथाको टुप्पोमा पुगेपछि सबैभन्दा अग्लो चाहिँ हामी जस्तो लाग्छ'

'सगरमाथाको टुप्पोमा पुगेपछि सबैभन्दा अग्लो चाहिँ हामी जस्तो लाग्छ'

"सगरमाथाको टुप्पोमा पुगेपछि सबैभन्दा अग्लो चाहिँ हामी जस्तो लाग्छ। अरू हिमालहरू सबै साना साना ढुङ्गा जस्तै देख्छ। र त्यहाँबाट तल झर्दै झर्दै आएपछि फेरि हामी चाहिँ सानो अनि हिमाल चाहिँ ठूलो देख्छ," पासाङ दावा शेर्पा भन्छन्।

सोलुखुम्बुका ४८ वर्षीय पासाङ दावा शेर्पाले २६ पटक सगरमाथा आरोहण गरेर दोस्रो धेरै पटक सगरमाथा चढेको कीर्तिमान बनाएका हुन्।

२७ पटक सगरमाथा आरोहण गरेर कामी रिता शेर्पाले यसै हप्ता नयाँ विश्व किर्तिमान कायम गरेका छन्।

हरेक पटक हिमाल चढ्दा फरक अनुभव हुने बताउँदै पहिले भन्दा अहिले हिमाल आरोहण केही सहज भएको उनी सुनाउँछन्।

हेर्नस् सृजना श्रेष्ठले सगरमाथा आधार शिविरमा रहेका उनीसँग कुराकानी गरेर बनाएको यो भिडि‌ओ।

अनि यो पनि: