‘हुक्काको असर २०० खिल्ली चुरोट ताने बराबरको हुन्छ’

‘हुक्काको असर २०० खिल्ली चुरोट ताने बराबरको हुन्छ’

विशेषगरि युवा पुस्ता माँझ हुक्का सेवन निकै चर्चित भइरहेको छ। चुरोटभन्दा हुक्का सेवन गर्‍यो कम हानिकारक छ भनेको पनि सुनिन्छ।

तर छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनी चुरोटभन्दा हुक्का सेवन कम हानिकारक छ भन्ने कुरा मिथ्या भएको बताउँछन्।

“हामीले एक खिल्ली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तानिरहेका हुन्छौँ भने एक सेसन हुक्काको प्रयोग गर्दा खेरि त्यसबाट ९० देखि २०० लिटरसम्म धुवाँ हामीले तानिरहेका हुन्छौँ।त्यसको अर्थ के भने एक पटक हामीले हुक्काको सेवन गर्दा त्यसको असर २०० खिल्ली चुरोट ताने बराबरको हुन्छ।” छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनी भन्छन्।

हुक्का तान्दा हाम्रो शरीरमा के हुन्छ? हेर्नुस् डा. पङ्गेनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडि‌ओ।

अनि यो पनि: