तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डोनल्ड ट्रम्पको 'हत्या गर्ने प्रयास' गरेको ठानिएका व्यक्तिलाई कसरी समातियो
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको "हत्या गर्ने उद्देश्यले" भएको भनिएको एक घटनामा उनी सुरक्षित रहेको र त्यसका लागि जिम्मेवार ठानिएका एक व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।
केही महिनाको अन्तरालमा दोस्रो पटक उनीमाथि यस्तो प्रकृतिको घटना भएको हो।
फ्लोरिडास्थित आफ्नै स्वामित्वको गल्फ कोर्सको छेकबारका रूपमा रहेका बुट्यानहरूमा सन्दिग्ध बन्दुकधारी लुकेको थाहा भएपछि ट्रम्पलाई सुरक्षित स्थानमा सारिएको थियो।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलगायतका सञ्चारमाध्यमले रायन वेस्ली राउथ नाम गरेका उक्त व्यक्ति घटनास्थलबाट कारमा भागे पनि उनलाई आई-९५ राजमार्गमा पक्राउ गरिएको बताइएको छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।