पीसीओएस कसलाई हुन्छ र यसका कारण महिलाले कस्ता समस्या भोग्छन्?

भिडिओ क्याप्शन सुरु हुँदैछ,
पीसीओएस कसलाई हुन्छ र यसका कारण महिलाले कस्ता समस्या भोग्छन्?

पीसीओएस अर्थात् 'पोलिसिस्टिक ओभरी सिन्ड्रोम' (पीसीओएस) भनेको महिलाहरूको डिम्बमा ससाना 'सिस्ट'हरू देखा पर्ने अवस्था हो।

केही समयअघि मिस यूनिभर्स नेपाल २०२३ जेन दीपिका ग्यारेटले आफूलाई 'पोलिसिस्टिक ओभरी सिन्ड्रोम' भएका कारण आफैँले आफैँसँग धेरै सङ्घर्ष गरेको बताएपछि यसबारे सामाजिक सञ्जालमा पनि चर्चा हुन थाल्यो।

होर्मोनको असन्तुलनका कारण आफू १० वर्षसम्म मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट गुज्रिएको उल्लेख गर्दै ग्यारेटले बीबीसी न्यूज नेपालीलाई भनिन्, “डेढ वर्षअघि मैले अन्तिम पटक आत्महत्याको प्रयास गरेकी थिएँ। मेरो अनुहारमा धेरै रौँ पलाएको थियो। पन्ध्र किलो तौल बढ्यो। मलाई डिप्रेशन भएको थियो।”

अहिले आफ्नो अवस्थालाई स्वीकार गरेर आफूलाई माया गर्न थालेपछि आत्मविश्वास बढ्दै गएको उनी बताउँछिन्।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ मर्यादा मल्लका अनुसार यो समस्या १० देखि १५ प्रतिशत महिलालाई हुन सक्छ। महिनावारी हुनुअघि महिला एकदम नै मोटोघाटो छन् भने र महिनावारी नौदश वर्षमा नै भयो भने पनि महिलाई पीसीओएस हुने सम्भावना बढी हुने उनी बताउँछिन्। तर यो बाहेक पीसीओएस धेरै कारणहरूले हुन सक्छ।

पीसीओएस कसलाई हुन्छ, यसका कारण महिलाहरूले कस्ता कस्ता समस्या भोग्छन् र पीसीओएस भएपछि के गर्न सकिन्छ?

यी सबैबारे जानकारी लिन सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।