'ब्रायन लारा नेपाली क्रिकेटसँग जोडिन चाहन्छन्'
नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले विश्वप्रसिद्ध क्रिकेट स्टार तथा वेस्ट इन्डिजका पूर्वकप्तान ब्रायन लारा भविष्यमा नेपाली क्रिकेटसँग जोडिन चाहेको बताएका छन्।
बीबीसी न्यूज नेपालीसँग कुराकानी गर्दै नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका खड्काले हालै सम्पन्न नेपाल प्रिमिअर लीग (एनपीएल)मा सहभागी भई फर्किनुअघि लाराले त्यस्तो इच्छा व्यक्त गरेको बताएका छन्।
खड्काले भने, "नेपालमा क्रिकेटको माहौल देखेर नेपाली क्रिकेटसँग जोडिने आधार कस्तो हुन सक्छन् भनेर उहाँले चासो राख्नुभएको छ। तर ठ्याक्कै यसरी जोडिने भन्ने चाहिँ अहिले यकिन छैन।"
त्यसबारे थप चर्चा गर्दै उनले लाराको निकै व्यस्त कार्य तालिका रहेकोले नेपाली टीमलाई 'फूलटाइम कोचिङ' गर्न सक्ने अवस्थामा भने नरहेको उनले स्पष्ट पारे।
"समय मिलेको बेला दुईचारदिन कति समय हुन्छ, आएर हाम्रो राष्ट्रिय टोलीलाई परामर्श गरिदिने हुन सक्छ र उहाँलाई जति बेला पनि स्वागत गर्न हामी तयार छौँ," खड्काले बताए।
एनपीएलले हासिल गरेका उपलब्धि, नेपाली खेलाडीहरूका लागि खुलेका नयाँ अवसरलगायतका विषयमा खड्कासँगको विस्तृत कुराकानी यो भिडिओमा हेर्नुहोस्।
अन्तर्वार्ता : कमल परियार
भिडिओ : विजय गजमेर
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



