टर्कीमा आन्दोलन चर्कियो, ग्यास मास्क लगाएर दङ्गा प्रहरीका अगाडि नृत्य
टर्कीको राजधानी इस्तान्बुलमा परम्परागत सुफी नर्तकको भेषमा ग्यास मास्क लगाएका एक प्रदर्शनकारी दङ्गा प्रहरीका अगाडि नाच्दै गरेको देखिने तस्बिर र भिडिओ भाइरल भएको छ।
इस्तान्बुलका नगरप्रमुख एक्रेम इमामलू पक्राउ परेपछि हजारौँ मानिसहरू आन्दोलित भएका छन्। इमामलूलाई आसन्न निर्वाचनमा वर्तमान राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनका प्रमुख प्रतिद्वन्द्वी मानिएको छ।
प्रहरीले प्रदर्शनकारीहरूमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन्।
टर्कीमा अहिले एक दशकपछि अस्थिरता उत्पन्न भएको छ। विरोधप्रदर्शनले सरकारविरोधी आन्दोलनको रूप लिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



