क्यानडाका प्रधानमन्त्री ट्रूडोद्वारा राजीनामा दिने घोषणा

क्यानडामा जस्टिन ट्रूडोले प्रधानमन्त्री र पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका छन्।

उनी विगत नौ वर्षदेखि क्यानडाका प्रधानमन्त्री पदमा बहाल छन्।

तर विगत केही महिनायता राजीनामाका लागि ट्रूडोले व्यापक दबाव झेल्दै आएको बताइन्छ।

उनको लिबरल पार्टीका २० जनाभन्दा बढी सदस्यले सार्वजनिक रूपमै पदबाट राजीनामा दिन माग गर्दै आएका थिए।

ट्रूडोको राजनीतिक उतारचढाव

सन् २००८ मा सांसदका रूपमा निर्वाचित भएलगत्तै ट्रूडो राजनीतिको उपल्लो पदमा पुग्ने अनुमान भएका थिए।

उनी क्यानडाका भूतपूर्व प्रधानमन्त्री पिर्रे ट्रूडोका छोरा हुन्।

सन् २०१३ मा लिबरल पार्टीका नेतामा निर्वाचित भएका ट्रूडोले त्यसको दुई वर्षपछि सन् २०१५ मा भएको निर्वाचनमा आफ्नो पार्टीलाई ऐतिहासिक जित दिलाएका थिए।

त्यससँगै उनी ४४ वर्षको उमेरमा प्रधानमन्त्री बने।

दुईव‍टा निर्वाचनसम्म पार्टीलाई नेतृत्व गर्न सफल भएका उनको कार्यकाल भने कठिन चुनौतीहरूसँग गुज्रिएको थियो।

उनी जी सेभेन राष्ट्रका आफ्ना समकक्षीहरूमध्ये सबैभन्दा लामो समय पदमा रहने नेता बनेका थिए।

उनी आफ्नो कार्यकालमा कैयौँ राजनीतिक काण्डहरूमा मुछिए।

क्यानडाका प्रधानमन्त्री कैयौँ वर्षसम्म आफ्नो पार्टीभित्र र बाहिर पनि लोकप्रिय बन्न सफल भएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।