तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रजिलमा भीषण बाढीः घरको छानामा घोडा, विमानस्थलमा डुबान
ब्रजिलको रिओ ग्रान्डी डु सुल प्रान्तमा आएको बाढी र पहिरोका कारण धनजनको ठूलो क्षति भएको छ।
प्रभावित स्थानका हजारौँ मानिस विस्थापित भएका छन् भने त्यहाँ उद्धारकार्य जारी छ।
बाढीबाट जोगिन कानोअस सहरमा एउटा घरको छानामा अलपत्र परेर उभिरहेको घोडाको तस्बिरबारे अहिले निकै चर्चा भइरहेको छ।
कानोअसका नगरप्रमुखले उक्त घोडालाई उद्धार गर्न हेलिकप्टर पठाइएको बताएका छन्।
ब्रजिल सरकारले बाढीबाट प्रभावित राज्यलाई उद्धारकार्य र पुनर्निर्माणका लागि १० अर्ब डलर उपलब्ध गराउने बताएको छ।
कम्तीमा १०७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने १३० जना सम्पर्कविहीन छन्।
दुई सातादेखि उक्त राज्यको राजधानी पोर्टो अलेग्रे डुबानमा परेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।