एकैपटक ११ वटा चित्र बनाउन सक्ने श्रीलङ्काली कलाकार
एकैपटक ११ वटा चित्र बनाउन सक्ने श्रीलङ्काली कलाकार
हामीमध्ये धेरैलाई एउटा पनि 'हेर्नलायक' चित्र बनाउन नआउन सक्छ।
तर श्रीलङ्काका यी २२ वर्षे कलाकार शम्मिका हिमेश एलङ्गरत्ने हात र खुट्टा प्रयोग गरी एकैसाथ ११ ओटा चित्र बनाउन सक्छन्।
उनको यो अनौठो प्रतिभाका कारण उनले चित्र बनाइरहेको भिडिओ अहिले श्रीलङ्कामा 'भाइरल' भएको छ।
"यो मेरा लागि ध्यानजस्तै हो, यसो गर्दा मेरो मनमा शान्ति हुन्छ," उनी भन्छन्।
कलाकार एलङ्गरत्ने र उनका पितासँग कुरा गरेर बीबीसी सिन्हालाले बनाएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



