जापानको एउटा मन्दिरमा लगातार २० मिनेट गुन्जियो हजारौँ मानिसको हाँसो
जापानको एउटा मन्दिरमा लगातार २० मिनेट गुन्जियो हजारौँ मानिसको हाँसो
जापानको हिगाशी-ओसाकास्थित एउटा मन्दिरमा ३,००० भन्दा बढी मानिस एउटा अनौठो कार्यक्रममा सहभागी भएका छन्।
'ओवाराई शिन्जी' नामक उक्त धार्मिक अनुष्ठानमा सबै सहभागीहरू २० मिनेटसम्म लगातार सँगसँगै हाँसे। त्यसरी हाँस्दा जीवनमा सन्तोष प्राप्त हुने जनविश्वास छ।
यो पर्व जापानी परम्परागत कथामा आधारित छ। उक्त कथाअनुसार देवताहरूको हाँसो सुनेर सूर्यदेवी 'आमातेरासु' गुफाबाट बाहिर निस्किएकी थिइन् र संसार उज्यालो भएको थियो।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



