गाजामा घर फर्किएको परिवारले फेला पार्‍यो सुत्ने कोठामा सग्लो बम

भिडिओ क्याप्शन सुरु हुँदैछ,
गाजामा घर फर्किएको परिवारले फेला पार्‍यो सुत्ने कोठामा सग्लो बम

गाजामा सङ्घर्षविराम भएपछि विस्थापित मानिसहरू घर फर्किन थालेका छन्। तीमध्ये केहीले नपड्किएका बम, क्षेप्यास्त्र वा अन्य विस्फोटक पदार्थ यत्रतत्र छरिएको फेला पारेका छन्।

गाजामा ठूलो विनाश भएको छ। त्यहाँ भत्किएका भवन र अन्य संरचनाको भग्नावशेषको थुप्रो लागेको छ। त्यसमा विस्फोटक पदार्थ पुरिएको हुन सक्छ र भग्नावशेष चलाउन खोज्दा दुर्घटना निम्तिन सक्छ।

विस्फोट नभएका वस्तुका कारण विशेष गरी बालबालिकालाई खतरा हुन सक्ने ठानिएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।