जीवित छैनन् भन्ठानेका दुई छोरा फर्किएपछि प्यालेस्टिनी आमाले बगाइन् खुसीका आँसु

भिडिओ क्याप्शन सुरु हुँदैछ,
जीवित छैनन् भन्ठानेका दुई छोरा फर्किएपछि प्यालेस्टिनी आमाले बगाइन् खुसीका आँसु

गाजाबाट केही महिनाअघि बेपत्ता भएका आफ्ना दुई छोरा घर फर्किएपछि एक प्यालेस्टिनी महिला हर्षविभोर भएकी छिन्।

एक महिनासम्म खोज्दा पनि नभेटेपछि ती आमाको मनमा चिसो पस्यो, उनलाई उनीहरू जीवित छैनन् भन्ने लाग्यो।

तर पछि उनलाई ती दुवै जना इजरेली सेनाको पक्राउमा परेका र जेलमा भएको सूचना दियो।

हमास र इजरेलले सङ्घर्षविराम गरेपछि बन्धक र कैदीबन्द साटफेर गर्दा मोहम्मद र खलिल पनि जेलमुक्त भए। अहिले उनीहरू घर फर्किएका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।