राहत सामग्री लिन गाजामा प्यालेस्टिनीहरूको भिड

भिडिओ क्याप्शन सुरु हुँदैछ,
राहत सामग्री लिन गाजामा प्यालेस्टिनीहरूको भिड

हमास र इजरेलबीच गाजामा सङ्घर्षविराम भएपछि सहायता सामग्री बोकेका दर्जनौँ ट्रकहरू गाजामा प्रवेश गर्न थालेका छन्। कैयौँ ट्रकहरू इजिप्टमा पालो कुर्दै छन्।

दुई पक्षबीच भएको सहमतिअनुसार गाजाले थप राहत सामग्री पाउने छ। यद्यपि संयुक्त राष्ट्रसङ्घका अनुसार गाजामा उत्पन्न सङ्कट समाधान गर्न दिनहुँ ६०० ट्रक सामान आवश्यक पर्छ।

गाजामा राहत सामग्री लिने मानिसको घुइँचो लागेको देखिएको छ। हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।