मेक्सिकोको एउटा गाउँ जहाँ चिहानबाट पूर्वजका खप्पर र हड्डी निकालेर सफा गरिन्छ
मेक्सिकोको पोमुच गाउँमा मानिसहरू प्रत्येक वर्ष आफ्ना पूर्वज र मृत आफन्तका पार्थिव अवशेष चिहानबाट निकालेर सफा गर्छन्।
झन्डै १०,००० जनाको बसोबास भएको उक्त गाउँमा प्रत्येक वर्ष नोभेम्बर पहिलो साता 'पितृ दिवस' मनाइन्छ। त्यसअघि मृतकका खप्पर र कङ्काल चिहानबाट निकालेर सफा गरिन्छ अनि नयाँ सेतो कपडाले ढाकिन्छ।
यो अनुष्ठानमा प्राचीन माया सम्यता र आधुनिक क्याथोलिक परम्परा दुवैको प्रभाव परेको विज्ञहरू बताउँछन्।
त्यसो गर्दा मानिसहरू आफ्ना दिवङ्गत आफन्तसँग 'वार्तालाप' पनि गर्छन्। उनीहरूका अनुसार यो चलन निकै पहिलादेखि चल्दै आएको हो।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



