'म जिन्दगीलाई माया गर्छु' : ८६ वर्षको उमेरमा समुद्री तटमा 'पार्टी गर्न' रुचाउने यी महिला
यूकेको मिडल्सबरकी ८६ वर्षे मार्गरेट डिलन "उमेर त एउटा अङ्क मात्र हो" भन्ने कथनलाई आफ्नो जीवनमा लागु गरेर प्रमाणित गर्दै छिन्।
भर्खरै मात्र उनी आफ्नी नातिनी जोइ फर्गुसन र उनका पति मार्कको "वैवाहिक वाचा" नवीकरण गर्ने कार्यक्रम मनाएर फर्किएकी छन्।
उक्त कार्यक्रमका लागि स्पेनको आइबीथा टापुमा रहने क्रममा ब्रिटिश सेलब्रिटी वेन लिनेकरसँगको उनको तस्बिर इन्स्टाग्राममा "भाइरल" भयो।
थाईल्यान्डमा 'पोल ड्यान्स' समेत गरेको बताउने उनी आफू २०० वर्षसम्म बाँच्ने र आफू "जीवनलाई माया गर्ने" बताउँछिन्।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





