'बालबालिकालाई सास फेर्नै गाह्रो': भारत र पाकिस्तानमा विषालु तुवाँलोको प्रकोप

भिडिओ क्याप्शन सुरु हुँदैछ, वायु प्रदूषण : प्रत्येक वर्ष भारत र पाकिस्तानमा विषाक्त तुवाँलोको प्रकोप किन दोहोरिन्छ?
'बालबालिकालाई सास फेर्नै गाह्रो': भारत र पाकिस्तानमा विषालु तुवाँलोको प्रकोप

भारत र पाकिस्तानमा विषालु धुवाँ मिसिएको तुवाँलो फैलँदा विशेषतः बालबालिकालाई सास फेर्नै गाह्रो भएको स्थानीयवासीले बताएका छन्।

प्रदूषणको स्तर कम गर्न अनि बालबालिका र वयस्कलाई समेत सास फेर्न सजिलो बनाउनका लागि विभिन्न उपकरणको प्रयोग गरिए पनि त्यो उपाय प्रभावकारी हुन नसकेको उनीहरूको गुनासो छ।

सवारीसाधनबाट निस्किने बाक्लो धुँवा अनि किसानहरूले बालीको अवशेष जलाएका कारण दुवै देशमा वारपार नै तुवाँलो फैलिएको छ।

यो मौसममा प्रत्येक वर्ष यस्तो समस्या निम्तिने गरेको छ। भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।