के नेपालमै सर्पदंशको उपचार गर्ने औषधि बन्न सक्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, के नेपालमै सर्पदंशको उपचार गर्ने औषधि बन्न सक्छ?
के नेपालमै सर्पदंशको उपचार गर्ने औषधि बन्न सक्छ?

हाल भारतबाट आयात हुँदै आएको सर्पदंशको उपचारका लागि प्रयोग हुने औषधि अर्थात् ‘एन्टिस्नेकभेनम’ नेपाल मै उत्पादनको प्रयास हुँदै आए पनि सफल हुन सकेको छैन।

वर्षायाममा सर्पको टोकाइबाट खासगरी ग्रामीण किसानहरूले ज्यान गुमाउनुका साथै शारीरिक समस्या र अपाङ्गता भोग्दै आएका छन्।

जोखिमको तुलनामा सर्पदंश उपचार केन्द्रहरू निकै कम रहेकोले नेपालमा नै औषधि उत्पादन गर्न सके उपचार सहज बनाउन सकिने विज्ञ बताउँछन्।

सर्पदंशको औषधि उत्पादन निकै जटिल र खर्चिलो रहेको सरकारी अधिकारीहरूले बताएका छन्।

नेपालमा ‘एन्टिस्नेकभेनम’ उत्पादनका चुनौती र सम्भावनाबारे कमल परियारले बनाएको यो एक्स्प्लेनर भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

सर्पदंशको उपचार गर्ने औषधिबारे।