नेपाल सर्पदंश : गर्मी र वर्षासँगै सर्पदंशको चुनौती, सर्पले डसे के गर्ने?

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल स्वास्थ्य: गर्मी र वर्षासँगै सर्पदंशको चुनौती, सर्पले डसे के गर्ने?

गर्मी र वर्षासँगै सर्पदंशका घटनाहरू वृद्धि हुने गरेको र सचेतना नअपनाएका कारण मृत्यु तथा शारीरिक अपाङ्गता बेहोर्नु परेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन्।

नेपालका झन्डै २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छ। ती क्षेत्रका मानिसले बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र कतिको ज्यान जाने गरेको बताइन्छ।

स्वास्थ्य विभाग मातहतको जुनोटिक तथा सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. हेमन्त चन्द्र ओझाका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइन्छन् र तीमध्ये २० प्रजाति विषालु मानिन्छ।

पछिल्लो तीन महिनामा काठमाण्डू आसपासका क्षेत्रमा मात्रै झन्डै ३७० जनालाई सर्पले टोकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रको तथ्याङ्क छ।

सर्पदंश र अपनाउनु पर्ने सचेतना अनि उपचारबारे कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि।