तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'सेक्सटोर्शनको सिकार बनेपछि मेरो छोराले आत्महत्या गर्यो'
एउटा ठगी गर्ने गिरोहले आफ्ना अन्तरङ्ग तस्बिरहरू हात पारेर पैसा असुल्न खोजेपछि संयुक्त राज्य अमेरिकाका एक किशोरले आत्महत्या गरे।
जोर्डन मेडे नाम गरेका किशोरकी आमा जेन मेडे उक्त 'सेक्सटोर्शन' गिरोहका मानिससँग कुराकानी गर्न थालेको छ घण्टाभित्रै आफ्ना छोराको ज्यान गएको बताउँछिन्।
नाइजिरियाका दुई युवकले जोर्डनलाई आफू उनकै उमेरकी केटी भएको भन्दै आफ्नो जालमा फसाएका थिए। उनीहरूले जोर्डनसँग उनका अन्तरङ्ग र निर्वस्त्र तस्बिर मागेका थिए।
त्यस्ता तस्बिर हात पारेपछि उनीहरूले जोर्डनसँग पैसा माग्दै नदिए ती तस्बिर सार्वजनिक गरिदिने धम्की दिएका थिए।
जोर्डनकी आमा जेन अहिले 'सेक्सटोर्शन'विरुद्ध जनचेतना जगाउने अभियानमा लागेकी छन्।
जोर्डनलाई आत्महत्या गर्न बाध्य पार्ने भनिएका नाइजिरियाली दाजुभाइलाई अमेरिका सुपुर्दगी गरिएको छ। उनीहरूविरुद्ध परेको मुद्दाको फैसला हुन बाँकी छ।
उस्तै प्रकृतिको अर्को घटनामा अस्ट्रेलियामा एक किशोरले आत्महत्या गरेपछि अरू दुई नाइजिरियाली पनि पक्राउ परेका छन्।
नाइजिरियाको प्रहरीले "अन्लाइन ठगी र जालसाजी गर्नेहरूविरुद्ध अभियान चलाएको दाबी गरेको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।