तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एक्वडोरमा राष्ट्रपतिको गाडीमा सयौँ प्रदर्शनकारीद्वारा ढुङ्गा प्रहार
एक्वडोरमा राष्ट्रपतिको हत्या गर्ने प्रयास गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको त्यहाँको सरकारले बताएको छ।
एक्वडोरको कान्यार सहरमा राष्ट्रपति डान्येल नोबोआ चढेको कारलाई झन्डै ५०० प्रदर्शनकारीले घेरा हाल्दै ढुङ्गा प्रहार गरेका थिए।
उक्त घटनापछि देशका ऊर्जा तथा पर्यावरणमन्त्रीले राष्ट्रपति नोबोआको सवारीसाधनमा गोली पनि प्रहार भएको दाबी गर्दै उनलाई चोटपटक भने नलागेको बताए।
बीबीसीले राष्ट्रपतिको गाडीमा गोली प्रहार भएको दाबी पुष्टि गर्न सकेको छैन।
सरकारले डीजलमा दिइँदै आएको छुट हटाउने निर्णय गरेपछि त्यहाँ विरोधप्रदर्शन चर्किएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।