शरीर जोडिएका जुम्ल्याहा जो विद्यालय जान्छन्

शरीर जोडिएका जुम्ल्याहा जो विद्यालय जान्छन्

मरिएम र एन्डिये शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनी हुन्। केही दिनअघि उनीहरूले आफ्नो सातौँ जन्मदिन मनाए।

सन् २०१६ मा जन्म हुँदा डाक्टरहरूले ती जुम्ल्याहा शिशुको केही दिनभित्रै मृत्यु हुने बताएका थिए। सन् २०१७ मा उपचारका लागि उनीहरूलाई सेनिगोलबाट यूके लगियो।

लन्डनस्थित एउटा अस्पतालमा परीक्षण गर्दा मरिएमको मुटु निकै कमजोर रहेको पत्ता लाग्यो। त्यस्तो अवस्थामा शल्यक्रिया गरेर शरीर छुट्ट्याउँदा उनको मृत्यु हुन सक्ने देखियो।

छुट्टाछुट्टै स्वभाव

उनीहरूको कम्मर एउटै छ र उनीहरूलाई एक जोर जुत्ता भए पुग्छ। तर मेरुदण्ड र मुटु भने छुट्टाछुट्टै छ।

यी दुई जनाको आआफ्नै व्यक्तित्व र स्वभाव छ। "मेरा छोरीहरू नितान्त भिन्न छन्। मरिएम शान्त र अन्तर्मुखी छिन्। तर एन्डिये पूरै फरक छिन्, उनी निकै स्वाधीन देखिन्छिन्।"

उनीहरूलाई जतिबेला पनि स्याहार चाहिन्छ। तर अहिले उनीहरू दक्षिणी वेल्सस्थित एउटा सामान्य विद्यालयमा पढ्न जान्छन्।

शरीर जोडिएका जुम्ल्याहालाई विश्वभरि दुर्लभ मानिन्छ। आधाजति त्यस्ता जुम्ल्याहाको गर्भमै र अरू धेरैको जन्म भएको २४ घण्टाभित्रै मृत्यु हुन्छ।

मरिएम र एन्डियेका साथी र बुवा उनीहरूबारे के भन्छन्? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।