लागुपदार्थ खोजीमा अब्बल ठहरिएको 'घुङ्ग्रू' कुकुर

लागुपदार्थ खोजीमा अब्बल ठहरिएको 'घुङ्ग्रू' कुकुर
    • Author, कमल परियार
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल प्रहरीले यस वर्ष 'घुङ्ग्रू' नामको कुकुरलाई 'उत्कृष्ट प्रहरी कुकुर' ठहर गरेको छ।

नेपाल प्रहरी केनाइन कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विगत छ वर्षयता खटिएको यो कुकुर लागुपदार्थको खोजी तथा पहिचान गर्ने कार्यमा खटिँदै आएको छ।

कुकुरको पूजा गरेर मनाइने कुकुरतिहारका दिन पारेर 'घुङ्ग्रू' लाई सम्मान दिइने कार्यलयका प्रमुख एसपी डाक्टर रामचन्द्र सत्यालले बताए।

हाल नेपाल प्रहरीले देशभरिका १३ वटा एकाइबाट विभिन्न प्रजातिका १०० वटा कुकुरलाई अपराध अनुसन्धानमा परिचालन गर्दै आएको छ।

तालिमप्राप्त कुकुरहरू हातहतियार, विस्फोटक पदार्थ तथा लागुपदार्थको पहिचान र प्राकृतिक विपद्का घटनामा उद्धार तथा खोजी कार्यमा प्रयोग गरिँदै आएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।