ऋणीको 'निर्वस्त्र तस्बिर' फैलाएर पैसा असुल्ने लोन एपको भन्डाफोर
बीबीसीले गोप्य रूपमा गरेको एउटा अनुसन्धानमा एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा मानिसहरूलाई फसाउन तत्कालै ऋण दिने एपहरू प्रयोग भइरहेको खुलासा गरेको छ।
सहजै पैसा पाइने प्रलोभन देखाएर ऋणको नाममा ठगी गर्नेहरूले प्रयोगकर्ताहरूका मोबाइलबाट उनीहरूका निजी सूचनाहरू लिने र पैसा तिराउनका लागि धम्की दिने र उनीहरूको सामाजिक प्रतिष्ठा बिगारिदिनेजस्ता काम गर्छन्।
बीबीसीको अनुसन्धानमा सन् २०२० यता भारतमा त्यस्ता एपको जालमा परेका कम्तीमा ६० जनाले आत्महत्या गरेको देखिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






