BBC News, नेपाली - होमपेज
मुख्य समाचार
दुई साता नबित्दै किन टुट्यो रवि र कुलमानबीचको सहकार्यको निर्णय
रवि लामिछाने नेतृत्वको रास्वपाले कुलमान घिसिङ पक्षसँगको एकता प्रक्रिया अघि नबढाउने निर्णय गरेसँगै उज्यालो नेपाल पार्टीले घिसिङलाई अध्यक्षमा चयन गरेको छ।
महिलाहरू नेपालमा निर्णायक राजनीतिक नेतृत्वमा पुग्ने अवस्था अझ पनि किन बनेन
नयाँ पुराना सबै राजनीतिक दलमा पदाधिकारीदेखि नै निर्णायक भूमिकामा रहने गरी महिलाहरूले स्थान र अवसर पाएको नदेखिँदा त्यसको विरोध हुन थालेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा समेत यस्तो अवस्थाको चर्को आलोचना हुने गरेको छ।
रुस र चीनबाट ग्रीनल्यान्ड कब्जा हुनबाट रोक्न अमेरिकाले 'स्वामित्व' लिनुपर्ने ट्रम्पको भनाइ
डेन्मार्क र ग्रीनल्याण्डले भने उक्त क्षेत्र बिक्रीको लागि नभएको बताएका छन्। डेन्मार्कले सैन्य कारबाहीले ट्रान्स-एट्लान्टिक रक्षा गठबन्धनको अन्त्य हुने बताएको छ।
काठमाण्डूको त्यो मञ्च जहाँ वाजपेयीसामु 'परवेज मुशर्रफसँग हात मिलाउनुको विकल्प थिएन'
सन् २००२ मा नेपालमा आयोजित सार्क सम्मेलनमा भारतका प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफले अनपेक्षित रूपमा हात मिलाए। किन त्यस घटनालाई अझैसम्म सम्झना गरिन्छ?
वीरगन्ज सहर साम्प्रदायिक तनावको बाछिटाले किन चाँडै 'भिज्छ'
केही दिनको तनावपछि अहिले वीरगन्ज बिस्तारै पुरानो लयमा फर्किने क्रममा छ। झट्ट हेर्दा त्यहाँ केही भएकै थिएन कि झैँ लाग्न पनि सक्छ। तर यो सीमान्त सहर किन साम्प्रदायिक तनावको उर्वर भूमि बन्न थालेको छ? पत्रकार तथा विश्लेषक चन्द्रकिशोरको टिप्पणी।
पदच्युत इरानी राजाका निर्वासित छोरा रेजा पह्लवी को हुन्?
इरानको भविष्यमा आफ्नो भूमिका खोजिरहेका पूर्वराजकुमारबारे बीबीसी पर्सीअनले खोजी गरेको छ।
इरानको तेहरान र अन्य सहरमा पनि सरकार विरोधी विशाल प्रदर्शन
प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईलाई सत्ताच्युत गर्न र दिवङ्गत पूर्व शाहका निर्वासनमा रहेका छोरा रेजा पहलवीलाई फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको सुन्न सकिन्छ।
अनि यो पनि
'भिसा बन्ड' सूचीमा नेपाललाई राख्दा 'विदेश नीतिलाई पनि ध्यान दियौँ' : अमेरिका
संयुक्त राज्य अमेरिकाले 'टुरिस्ट' वा 'बिज्निस' भिसाका लागि आवेदन गर्दा नेपाली नागरिकहरूले १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने नियम ल्याएपछि परराष्ट्र मामिलाका जानकारहरूले त्यसबारे नेपाल सरकारले गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने धारणा राखेका छन्।
भेनेजुएलापछि ट्रम्पले 'आँखा लगाउन सक्ने' पाँच देशहरू
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङ्टनको नजरमा परेका देशहरूलाई कैयौँ चेतावनी दिइसकेका छन्।
'नियन्त्रण गर्न नसक्ने अवस्था'मा हुन सक्छ चुनावमा एआईको दुरुपयोगले बढाउन सक्ने हैरानी
एआईबाट सिर्जना हुने सम्भावित चुनौतीहरूको सामना गर्न निर्वाचन आयोगले विभिन्न रणनीतिहरू अपनाइरहे पनि कतिपय विज्ञले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न ती प्रयासहरू पर्याप्त नभएको बताएका छन्।
अमेरिकी डलरको भाउ अकासिँदा नेपाललाई हुने तीन फाइदा
अमेरिकी डलरको भाउ बढ्दा नेपाललाई धेरै बेफाइदा भए पनि केही फाइदा हुने विज्ञहरूले बताएका छन्।
भिडिओ, कुनै बेला पति मदुरोभन्दा वरिष्ठ थिइन् भेनेजुएलाकी 'प्रथम महिला' , समयावधि 1,28
सिलिया फ्लोरेस अहिले ६९ वर्षकी भइन्। देशकी 'प्रथम महिला' बन्नुअघि नै उनी राजनीतिमा स्थापित व्यक्ति हुन्।

















































