फिजीमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरूको दशैँ

भिडिओ क्याप्शन सुरु हुँदैछ, फिजीमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरूले हरेक वर्ष दशैँका बेला एक ठाउँमा जम्मा भएर "नेपाल डे" मनाउँछन्। उतै जन्मिएर हुर्किए पनि नेपाली पर्व र भाषाप्रति माया रहेको उनीहरू बताउँछन्।फिजीको सिङ्गटोकामा एउटा गाउँ छ जसको नाम हो काभानागासाउ। कुनै बेला त्यहाँनेपाली मूलका व्यक्तिहरूको २०० जति घर रहेका त्यहाँका स्थानीय बासिन्दा बताउँछन्। कामको खोजीमा र अन्य कारणले शहर बसाइँ सर्दै जाँदा अहिले त्यहाँ करिब ४० घर नेपाली मूलका परिवारको रहेको बताइन्छ। फिजीबाट दीपक भट्टराईले खिचेर पठाएका क्लिपमा आधारित "नेपाल डे" एक भिडिओ सृजना श्रेष्ठबाट।
फिजीमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरूको दशैँ
Published

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।